काठमाडौं : नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् । सिन्धु विकास बैंकले भने सेयरधनीलाई लाभांश नदिने भएको छ । सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर, ९ वटा विकास बैंकले भने अहिलेसम्म यस वियषमा कुनै प्रस्ताव गरेका छैनन् ।
लाभांश घोषणा गर्ने विकास बैंकमध्ये गरिमाले सबैभन्दा धेरै १४.५०% लाभांश प्रस्ताव गरेको छ । यसले १३% बोनस सेयर र कर सहित १.५०% नगद लाभांश प्रस्ताव गरेको हो । त्यसपछि, मुक्तिनाथ विकास बैंकले १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद वितरण गर्ने भएको छ । शाइन रेसुंगाले १३.५०% बोनस सेयर र ०.७०% नगद गरी जम्मा १४% लाभांश वितरण गर्ने भएको हो ।






