शुभम् पावरको आइपीओमा विदेशमा भएका नेपालीबाट पर्यो ८.४७ गुणा बढी आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शुभम् पावरको आइपीओमा विदेशमा भएका नेपालीबाट पर्यो ८.४७ गुणा बढी आवेदन

काठमाडौं : शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ४ करोड ९२ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुस २० गते) सम्ममा ९ हजार ७३० जनाले ४ लाख ९२ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.४७ गुणा बढी आवेदन हो । कम्पनीले पुस ६ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

Read More
  • EBL Ad news