शेयर बजार र जिडिपीको सम्बन्ध, शेयर बजार बढ्न केले बढी सहयोग गर्छ ? प्राकृतिक प्रकोप या जिडिपीको ‘न्याचुरल ग्रोथ’ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजार र जिडिपीको सम्बन्ध, शेयर बजार बढ्न केले बढी सहयोग गर्छ ? प्राकृतिक प्रकोप या जिडिपीको ‘न्याचुरल ग्रोथ’ ?

माथिको हेडलाइन पढिसकेपछि एउटा प्रश्न उब्जिन्छ। शेयर बजार र जिडिपीको सम्बन्ध हुन्छ कि हुँदैन ? शेयर बजारको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार शेयर बजार र जिडिपीको सोझो सम्बन्ध हुन्छ।

शेयर बजारको अन्तर्राष्ट्रिय सिद्धान्तले भन्छ जिडिपी र शेयर बजार एक आपसमा बात मार्दै एउटै बाटो हिँड्छन्। एउटै बाटो त हिँड्छन् तर उनीहरू कहिले पनि सँगै हिँड्दैनन्। उनीहरू कोही अघि र कोही पछि हुन्छन्।

फेरि अर्को प्रश्न खडा भयो। त्यसो भए को अघि र को पछि हिँड्छ ? फेरि शेयर बजारको सिद्धान्तले भन्छ शेयर बजार र जिडिपी एउटै बाटोमा हिँड्दै गर्दा शेयर बजार अघि अघि हिँड्छ।

फेरि अर्को प्रश्न खडा भयो। किन शेयर बजार अघि हिँड्छ ? यसको उत्तर खोज्न शेयर बजार के कारणले बढ्छ भन्ने जान्नु पर्ने हुन्छ।

शेयर बजार बढ्न सबैभन्दा ठूलो टेवा मुलुकको आर्थिक अवस्थाले सहयोग गर्छ। कुनै पनि मुलुकको आर्थिक अवस्था चलायमान हुँदा शेयर बजार बढ्छ। जब जब मुलुकको आर्थिक ग्रोथ बढ्छ। त्यति बेला शेयर बजारसँगै बढ्छ। वास्तविक रुपमा शेयर बजार बढ्न देशको आर्थिक अवस्था सहज हुनै पर्ने पहिलो शर्त हुन्छ। त्यसो भए शेयर बजार भन्दा अघि त जिडिपी नै हिँड्नु पर्ने होइन र ? भन्ने लाग्न सक्छ। स्वाभाविक पनि हो। जहिले पनि शेयर बजारले भविष्यको अनुमान “प्रेडिक्सन ” पहिले नै गर्छ। शेयर बजारले भविष्यको अनुमान पहिले नै लगाउने भएकोले जिडिपी बढ्नु भन्दा पहिले नै शेयर बजारले एक कदम अघि बढाइ हाल्छ। त्यही कारण एउटै बाटो हिँडे पनि जिडिपी बढ्नु भन्दा अघि नै शेर बजार अघि बढ्न सुरु गर्छ।

जसरी शेयर बजारले जिडिपी ग्रोथ हुनु भन्दा अघि नै एक दम बढाउँछ। त्यसरी नै उसले जिडिपी ग्रोथमा सङ्कुचन आउँदा पछाडि फर्किने कदम पनि शेयर बजारले पहिले नै चाल्छ। यसरी शेयर बजार र जिडिपीले एउटै बाटो हिँड्ने गर्छन्। हामीले यी सबै कुरा नेपालको जिडिपी ग्रोथ प्रतिशत र नेप्से सूचकलाई तुलना गरेर भनेका हौ।

चार्टमा हर्नुहोस् नेपालको जिडिपी ग्रोथ प्रतिशत र नेप्से सूचकको तुलना

Read More
  • EBL Ad news