सेयर बजार घट्दा कारोबार रकम बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार घट्दा कारोबार रकम बढ्यो

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक अघिल्लो दिनको तुलनामा सामान्य घटे पनि कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१ अंकमा कायम भयो । कुल ३ अर्ब ४५ करोडको कारोबार भयो ।

सोमबार २ अर्ब ९६ करोडको कारोबार भएको थियो । आज २ : ४८ बजे नेप्से २०५२ अंकसम्म झरेकोमा अन्तिम केही मिनेटमा सुधार देखिएको हो । कुल १०७ कम्पनीको मूल्य बढ्दा १०२ को घटेको छ भने ३ को स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । स्वेतगंगा हाइड्रोपावर, खप्तड, धौलागिरि लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

Read More
  • EBL Ad news