कालिन्चोक दर्शनको आइपीओ बुधबार बाँडफाँट हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिन्चोक दर्शनको आइपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं : कालिन्चोक दर्शनको आइपीओ बुधबाबार (पुस २० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बुधबार दिउँसो ३.३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट सोमबार सम्पन्न भइसकेको छ । कम्पनीले मंसिर १४ गतेबाट २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । 
 

जसमा वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले ११ लाख ६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस्तै, आयोजना प्रभावित १५ हजार ४०० जना स्थानीयले ६ लाख ३४ हजार कित्ताका लागि आवेदन दिएका छन् । 

Read More
  • EBL Ad news