काठमाडौं स् नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र सीवाइसी नेपाल लघुवित्तलको बोनस सेयरमा मूल्य समायोजन भएको गरेको हो । यी कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंगलबार (पुस १९ गते) बुक क्लोज गर्दैछन् । आज सोमबार (पुस १९ गते) सम्म कायम रहेका सेयरधनीहरुले लाभांश पाउनेछन् ।
मंगलबार यी कम्पनीहरुको सेयर कारोबार समायोजित भाउलाई आधार मानेर खुला हुनेछ । सिभिल बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २.४०% बोनस सेयरपछि समायोजित भाउ प्रतिकित्ता ३२९ रुपैयाँ १० पैसा कायम भएको छ ।






