काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई नेपाल राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द गरेको छ ।
ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्णरूपमा बन्द गरेको जनाएको छ । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।
ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालाले कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतवारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द गरेको बताए ।








