मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ % हकप्रद शेयर खरीदका लागि म्याद थप


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ % हकप्रद शेयर खरीदका लागि म्याद थप

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ ।

कम्पनीले पहिलो पटक मंसिर २५ गतेदेखि २९ गतेसम्म उक्त हकप्रद शेयर विक्रीको लागि सूचना जारी गरेको थियो । दोस्रो पटक पनि पुस १ गतेदेखि १५ गतेसम्मको अवधि थप गरेको कम्पनीले यो अवधिमा छुटेका शेयरधनीहरूलाई ध्यानमा राख्दै पुस २० गतेसम्म तेस्रो पटक अवधि थप गरेको हो ।

कम्पनीको गत असोज २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले हाल कायम चुक्तापूँजी रू. ३६ करोडको आधारमा ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम कम्पनीले साविकका शेयरधनीहरूको लागि १ बराबर शून्य दशमलव ५५ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो ।

यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी समेत गरेको छ । कम्पनीले ४ लाख कित्ता शेयर निष्कासनका लागि २०७८ साल फागुन २० गतेनै बोर्डमा निवेदन दिएको हो । बोर्डमा दिएको निवेदन स्वीकृति प्रकृयालाई हेर्दा कम्पनीको आईपीओ अझै स्वीकृतिको प्रारम्भिक चरणमै रहेको छ ।

Read More
  • EBL Ad news