स्टक डेरिभेटिभ मार्केटको कार्यविधि तयार, ‘नेप्से ५०’ इन्डेक्स ल्याउने प्रस्ताव


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्टक डेरिभेटिभ मार्केटको कार्यविधि तयार, ‘नेप्से ५०’ इन्डेक्स ल्याउने प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ‘ स्टक डेरिभेटिभ मार्केट’ सञ्चालन गर्नका लागि कार्यविधि तयार भएको छ । धितोपत्र बजारलाई लगानी विविधिकरणको नयाँ औजार ल्याएर लगानीकर्तालाई लगानीको नयाँ क्षेत्रको विकास गर्नका लागि ‘स्टक डेरिभेटिभ मार्केट’लाई शुरु गर्न लागेको नेप्सेले जनाएको छ । नेप्सेमा कारोबार भइरहेका स्क्रिप्टहरुको स्टक डेरिभेटिभ मार्केटकमा कसरी र कुन विधिद्वारा कारोबार गरिनेभन्ने कार्यविविध तयार गरेर सञ्चालक समितिमा पेश भएको नेप्सेले जनाएको छ । 

स्टक डेरिभेटिभ मार्केट सञ्चालका लागि आवश्यक पर्ने प्रविधि र बजारलाई कसरी नयाँ लगानीको औजार सार्वजनिक गर्ने भनेर भारतीय पुँजी बजारका विज्ञहरुबाट परामर्श गरिएको नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले बताए । 

शेयर बजारमा कारोबार भइरहेका वित्तीय सम्पत्ति शेयर, ऋणपत्र, ब्याजदर आदि हस्तान्तरण एवम् खरिदबिक्री गर्न समेत स्टक मार्केटमा कारोबार भइरहेका स्क्रिप्टहरुको डेरिभेटिभ(कन्ट्रयाक्ट) सम्झौताहरूको प्रयोग गरि ‘नेप्से ५०’ इन्डेक्समा धितोपत्र बजारकै स्क्रिप्टको डेरिभेटिभमा कारोबार गरिन्छ । 

Read More
  • EBL Ad news