५ कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नुपर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५ कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नुपर्ने

पुस १८ गते, सोमबार, ५ कम्पनीको शेयरमूल्य समायोजन गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिभिल बैंक (CBL) ले पुस २८ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै सभाले भने ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC) ले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २८ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.२० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, पोखरा फाइनान्स लिमिटेड (PFL) ले पुस ३० गते छब्बिसौँ वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले दरबारथोक ब्याङ्कवेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजे सो सभा बोलाएको हो। ...

Read More
  • EBL Ad news