नबिल बैंकसहित यी पाँच कम्पनीको शेयर मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकसहित यी पाँच कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । 

सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५९१ दशमलव ६५ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू.६४४ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यसैगरी नेप्सेले नबिल बैंकको १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ७२१ दशमलव १० तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ८५४ दशमलव ५० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Read More