दोहोरो अंकले सुधारियो बजार, कारोबार रकम चार अर्ब नाघ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो अंकले सुधारियो बजार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर दुई हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज चार अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १२१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९४१.६० रुपैयाँ पुगेको छ । साथै चार वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  ...

Read More
  • EBL Ad news