सरकारी स्वामित्वको नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्ष अर्थात २०२३ जनवरी १ देखि काठमाडौं उपत्यकाबाट औपचकारिक रुपमा गर्ने भनिएको फाइबजी परिक्षण स्थगित भएको छ ।
काठमाडौं उपत्यकाको केही स्थानमा सुरु गर्ने भने पनि कम्पनीको आन्तरिक प्राविधिक समस्याको कारण हुन नसकेको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले फाइबजी परिक्षणलाई केही समय पछि सारिएको बताए ।‘सबै पक्षबाट तयारी अवस्थामा भए पनि केहि प्राविधिक समस्या सहित त्रुटि देखियो’ अधिकारीेले‘ सर्वसाधारणले फाइबजीको अनुभव लिन केही दिन पर्खनुपर्ने भयो’ ।
खासगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परिक्षण अनुमति दिएको झण्डै दुई बर्ष पछि फाइभजीको ट्रायल प्रक्रिया अघि बढाउने तयारी गरेको थियो ।
टेलिकमले अगामी पुस १७ गतेपछि सर्वसाधारणले नै प्रयोग गर्न पाउने बताएको थियो ।
टेलिकमलाई फाइबजी परिक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।
उक्त फ्रिक्वेन्सीमा आधारित भएर फाइभजी सेवा परीक्षण सुरु गर्ने भएको हो । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ,जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।








