नेप्सेले तोड्यो २ हजारको प्रतिरोध, गत साता यी कारणले बढ्यो बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले तोड्यो २ हजारको प्रतिरोध, गत साता यी कारणले बढ्यो बजार

लामो समयदेखि नेप्से परिसूचकले दुई हजार बिन्दुमा प्रतिरोध पाइरहेकोमा गत साता भने यो प्रतिरोध लगभग तोकिएको नेप्से देखिएको छ।

गत भदौ १० गतेपछि पहिलो पटक गत बिहीबार नेप्सेले दुई हजारको बिन्दु पार गरेको हो। सो समय नेप्से २०२२ बिन्दुमा रहेकोमा बिहीबार २०२९ मा आइपुगेको छ।

गत साताभरमा भने बजार परिसूचक एक सय ६१ अंकले बढेर २०२९ मा बजार बन्द भएको छ। सातामा आठ प्रतिशतले बजार बढेको हो।

अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले जिम्मेवारी सम्हालेसँगै बजारमा आत्मविश्वास देखिएको हो।

सबैलाई मिलाएर लैजाने उनको प्रवृत्तिमा लगानीकर्ताहरू आशावादी देखिएका हुन्।

त्यस्तै, अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि जाँदा जाँदै बैंकहरूले स्थानीय तहको खातामा भएको रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अवधि थपिदिएपछि पनि बजार केही सकारात्मक बनेको छ।

Read More
  • EBL Ad news