नझुक्किनुहोस् है ! नयाँ ब्रोकरका लागि बनेको नियमावलीका विषयमा परेको रिट खारेज भएको हो, मुख्य मुद्धा बाँकी नै छ !


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नझुक्किनुहोस् है ! नयाँ ब्रोकरका लागि बनेको नियमावलीका विषयमा परेको रिट खारेज भएको हो, मुख्य मुद्धा बाँकी नै छ !

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावली खारेजको गरी पाउँ भनी सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ । बुधबार न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको पूर्ण इजलाशले उक्त रिट निवेदन खारेज गरेको हो ।

तर धेरैले यसलाई ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडी नबढाउनु भनी परेको रिट नै खारेज भएको रुपमा लिएका छन्, जुन सत्य होइन । यस अघि जुन रिटको सुनुवाई गर्दै सर्वोच्चले धितोपत्र बोर्डलाई नयाँ लाइसेन्सको प्रक्रिया तत्काल रोक्न भनेको थियो, सो मुद्धा खारेज भईसकेको छैन । सो मुद्धा अदालतमा विचाराधीन नै छ । सो मुद्धा परिसकेपछि नियमावली नै खारेज हुनुपर्छ भनेर जुन मुद्धा परेको थियो, त्यो चाहिं आज खारेज भएको हो । ...

Read More
  • EBL Ad news