एलन मस्कको ट्विटरसँग नाम जोडिएपछि टेस्लाको सेयरमा ७१% गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एलन मस्कको ट्विटरसँग नाम जोडिएपछि टेस्लाको सेयरमा ७१% गिरावट

विश्व धनाढ्य एलन मस्कको नाम जोडिएसँगै टेस्लाको सेयरमा निरन्तर रूपमा गिरावट आइरहेको छ। अप्रील ४ मा ३८२ डलर रहेको टेसलाको सेयर मूल्य हाल १०९ डलरमा आएको छ। डिसेम्बरमा मात्र टेस्लाको सेयर ४४% ले घटेको छ भने मंगलबार सेयरमूल्यमा ११% को गिरावट आएको छ।

अप्रील ५ मा एलन मस्कले ट्विटरको ९% बढी सेयर खरिद गरेको कुरा सार्वजनिक गरे। मार्च १५ देखि २६० डलर सेयरमुल्य बाट निरन्तर बढेर अप्रिल ४ मा ३८० डलर सम्म पुगेको थियो। त्यसपछि सेयरमूल्यमा गिरावट आयो, एलन मस्कले मे १३ मा ट्विटर खरिद प्रक्रिया रोक्ने जानकारी सार्वजनिक गरे सेयर मूल्य जुलाई सम्म साइडवे रह्यो। अप्रील २५ मा ट्विटरले एलन मस्कको ४४ बिलियन अमेरिकी डलरको खरिद सम्झौता गरे। अप्रील २६ मा एकै दिन ४० डलर , १२% ले सेयर मूल्य घट्यो ।

Read More
  • EBL Ad news