काठमाडौं । अघिल्लो साल भदौ २ गते हालसम्म कै सर्वाधिक उच्च बिन्दु ३२०० मा पुगेर ओरालो लागेको नेप्से परिसूचकले नयाँ सरकार बन्ने बित्तिकै फेरी उकालो यात्रा सुरु गरेको छ। त्यसो हुनुमा मुख्य दुई कारण छन् : एक, त्यसताकाका अर्थमन्त्री विष्णु पौडेल नै फेरी अर्थमन्त्री बन्नु र अर्को, प्रचण्ड नेतृत्वको सरकारले पुँजी बजार लगायत सम्पूर्ण आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राख्ने पहिलो क्याबिनेट निर्णय गर्नु।
यहाँ प्रश्न उठ्छ- के शेयर बजारमा उल्लास छाउन उल्लेखित आधारहरू नै पर्याप्त छन् ? प्रचण्ड बालुवाटार र पौडेल अर्थ मन्त्रालय छिर्दा के त्यस्तो नयाँ घटना भयो जसले गर्दा नेपालको अर्थतन्त्रलाई बलियो टेवा पुग्छ ? यो प्रश्नको जवाफ कसैसँग छैन। तर, नेप्से परिसूचक तीव्र गतिमा उकालो लागिरहेको छ।






