चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सूचीकृत ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले भोली अर्थात पुस १४ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


एचआईडिसीएल (HIDCL) ले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते मंगलबार अर्पण ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको स्वतन्त्र सञ्चालक पदमा एक जना नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको १३ प्रतिशत लाभांश पारित गर्न पुस २७ गते, १७ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशतका दरले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ ६७ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशतका दरले हुन आउने ५८ लाख ७२ हजार २८२ रुपैयाँ ४६ पैसा बराबरको नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड (NBL) ले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Read More
  • EBL Ad news