काठमाडौं : एसियन हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुस १२ गते) सम्ममा ८ हजार ८७७ जनाले ५ लाख ४५ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.४९ गुणा बढी आवेदन हो । कम्पनीले मंसिर २७ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि ८४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।






