नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमस् लिमिटेडले विभिन्न प्रदेशमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा, सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीमा, लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज र बुटवलमा तथा गण्डकी प्रदेश अन्तर्गत पोखरामा अवस्थित रही कार्यक्रम गरेको हो ।
कम्पनीले ति स्थानमा संचालित बैंक तथा वित्तीय संस्थाका कर्मचारीबर्गलाई लक्षित गरि 'विद्युतीय भुक्तानी र डिजिटल बैंकिंङ' बिषयमा वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको छ। कम्पनीका अनुसार डिजिटल बैंकिंग र विद्युतीय भुक्तानी, यसको बढ्दो प्रयोग, प्रविधि संगै आउन सक्ने चुनौती तथा कार्ड पेमेन्ट, क्यु आर पेमेन्ट, डिजिटल लेन्डिंग, कन्ट्याकलेस पेमेन्ट लगायतका नविनतम् प्रविधिका बिषयमा जानकारी अभिबृद्धि गर्ने मुख्य उदेश्यले उक्त साक्षरता कार्यक्रम संचालन गरिएको हो।

