महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं / महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ ।

नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यता तथा उदात्तभावलाई समयको माग अनुरुप प्रवाहित गराउने उद्देश्यले स्थापित उक्त विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा समेत थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । 

त्यस्तै बैंकको लालबन्दी शाखाले राधा कृष्ण मन्दिर भागवतधाम धर्मशालाको लागी आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ । धर्मशालामा अध्यनरत विद्यार्थीहरुको अध्यापनमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

Read More
  • MBL - below news