शेयर बजारमा ५६.८६ अंकको उछाल, कारोबार रकम दुई अर्ब नाघ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारमा ५६.८६ अंकको उछाल, कारोबार रकम दुई अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ । नयाँ सरकार गठनसंगै शेयर बजारमा उछाल आएको हो ।   

आज नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एउटा वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।  

Read More
  • EBL Ad news