सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशत नाघ्यो, अरुको हिस्सा कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशत नाघ्यो, अरुको हिस्सा कति ?

काठमाडौँ — बजार पुँजीकरणको हिसाबले सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशतभन्दा माथि पुगेको छ । विगत लामो समय देखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको बाहुल्यता रहँदै आएकोमा दोस्रो बजारमा विस्तारै जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै गएको छ ।

जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा घट्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत कात्तिकसम्म सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीहरूको हिस्सा १०.३ प्रतिशत, लगानी कम्पनीहरुको ६.४, उत्पादन तथा प्रशोधन कम्पनीहरू हिस्सा ४.४ प्रतिशत छ । होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.७ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

Read More
  • EBL Ad news