अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चासँग चम्कियो सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चासँग चम्कियो सेयर बजार

काठमाडौं : अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिएको छ। एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड ' प्रधानमन्त्री बनेका हुन्। 

माओवादी केन्द्रको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा छ। 

कारोबार सुरु भएदेखि सोमबार नेप्से परिसूचक उकालो लागेको छ।

यो समाचार तयार पार्दासम्म (दिउँसो १ बजेसम्‍म) नेप्से ४५.४८ अंकले वृद्धि भइ १९१२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ५.६१ अंकले बढेर ३७२.६७ विन्दुमा  पुगेको छ।

Read More
  • EBL Ad news