नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेको छन् ।
पब्लिक कम्पनीले पुस मसान्त भित्रमा गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्नैपर्ने नीतिगत व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार कम्पनीले लाभांश घोषणा र साधारण सभा आह्वान गरेका छन् । केहि कम्पनीहरुका सञ्चालकहरु मार्फत प्रस्तावित लाभांश वार्षिक साधारण सभा मार्फत पारित भइसकेको छ।
यस वर्षमा केहि कम्पनीहरुले लाभांश वितरण नगर्ने सूचीत गरेका छन् भने केही सूचीकृत कम्पनीले अझै लाभांश घोषणा गरेका छैनन् । यस अवधिसम्ममा लाभांश घोषणा गरिसकेका कम्पनीहरुको शेयरधनी दर्ता किताब बन्द गर्ने (बुक क्लोज) को मिति नजिकिँदै छ ।
वाणिज्य बैंक र विकास बैंक
हालसम्म २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमध्ये चार वटा कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने सूचना सार्वजनिक गरेका छन् भने १२ वटा बैंकको बुकक्लोज नजिकीदै छ ।यसर्थ १२ बैंकहरुको लाभांश पाउने अवसर लगानीकर्तासँग अझै बाँकी छ ।
त्यसैगरी, लुम्बिनी विकास बैंक, मितेरी विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक बुकक्लोज मिति नजिकिदैछ भने शाईन रेसुङगा डेभलपमेन्ट बैंकले भाेलि बुकक्लाेज गर्दैछ ।






