याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासनको प्रस्तावसहित बोलायो साधारण सभा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासनको प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले पुस २९ गते दोस्रो वाषिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आईपीओ जारी गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

साथै कम्पनीको संचालक समितिमा एक जना अनिवार्य महिला सदस्य रहने गरी नियमावली संशोधनको विषय पनि सभाले संशोधन गर्नेछ ।

Read More
  • EBL Ad news