काठमाडौ : मादमे खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा हार्दिक होटल, बागबजार, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समिति पुर्न गठन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।






