शिखर सहित ९ निर्जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव, कुन कम्पनीको कति?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिखर सहित ९ निर्जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव, कुन कम्पनीको कति?

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन् । निर्जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गराई धमाधम लाभांश प्रस्ताव गर्न थालेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ वटा (एकिकृत कारोबार पश्चात) निर्जीवन बीमा कम्पनीहरु मध्ये हालसम्म ९ वटाले लाभांश प्रस्ताव गरेका छन् ।

बीमा प्राधिकरणले पूँजी बढाउन जोड दिदै कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्न सकिने व्यवस्था गरेको थियो । त्यस अनुसार बोनस शेयरमा जोड दिदै निर्जीवन बीमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् ।

 

नेप्सेमा सूचीकृत मध्ये सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमिय इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।

त्यसमध्ये सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद गरी १६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

शिखर पछि सबै भन्दा धेरै लाभांश वितरण गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Read More
  • EBL Ad news