काठमाडौं / नेपाल क्लियरिंग हाउसले पुस २८ गते साधारणसभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको पुष ७ गते बसेको २०१ औँ बैठकले साधारण सभाको मिति र स्थान तय गरेको हो । सभा, होटेल क्राउन इम्पेरीयल, रविभवन, काठमाडौँमा दिउँसो साढे ४ बजेकाट आयोजना गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३८ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।








