काठमाडौं : भारतीय सेयर बजारमा लगातार चौथो दिन पनि गिरावट आएको छ । डिसेम्बर महिनाको पहिलो दिन अलटाइम हाई रेकर्ड बनाएको भारतीय बजार पछिल्लो समय भने करेक्सनमा गएको हो । भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसइ सेन्सेक्स’ शुक्रबार एकै दिन ९८१ अंकले घटेर ५९,८४५ विन्दुमा आएको छ । यससँगै, पछिल्लो ४ दिनमै सेन्सेक्स करिब २ हजार अंकले घटेको छ । यस महिनाको हालसम्म ३२ सय ५० अंक अर्थात ५.१% ले सेन्सेक्समा गिरावट आएको छ ।






