बुटवल पावर (BPCL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।






