काठमाडौं : सन् २०२२ मा अमेरिकी सेयर बजारमा गिरावट आउँदा ‘सर्ट सेलर’ हरु भने मालामाल भएका छन् । यस वर्ष सर्ट सेलरहरुका लागि सन् २०१८ पछि पहिलो पटक लाभदायक वर्ष सावित हुन लागेको हो । रोयटर्सका अनुसार यस वर्ष टेस्ला, अमेजन जस्ता ठूलो बजार पुँजीकरण भएका ग्रोथ स्टकमा ‘सर्ट पोजिसन’ लिएका कारोबारीहरुले मनग्य फाइदा लिएका छन् । विगत केही वर्ष बजार भाउ उच्च मूल्यांकनमा परेका यी स्टकहरुले सन् २०२२ मा भने ठूलो गिरावट व्यहोरेका छन् ।
जसले सेयर भाउ घट्ने अनुमानमा लगानी गरेका सर्ट सेलरहरुलाई करिब ३ खर्ब ४ अर्ब अमेरिकी डलर फाइदा गराएको छ । जुन सर्ट सेलरहरुका लागि लाभदायक सावित भएको पछिल्लो वर्ष अर्थात सन् २०१८ को तुलनामा ४ गुणा बढी हो । इलेक्ट्रिक कार निर्माता टेस्ला इंक विरुद्ध बाजी लगाएका सर्ट सेलरहरुले सबैभन्दा बढी नाफा कमाएका छन् । टेस्लाको १९.३ अर्ब डलर बराबरको सेयर सर्ट सेलिङ गर्दा करिब १५ अर्ब डलर नाफा भएको छ ।




_12_22_2022_5_11_44.jpg)

