रिलायंस इंडस्ट्रीज लिमिटेडको सहायक कम्पनी रिलायंस रिटेल वेंचर्स लिमिटेड (आरआरभीएल)ले २८५० करोड रुपैयाँ फुड होलसेलर मेट्रो कैश एन्ड क्यारी खरिद गर्ने भएको छ ।
यसको लागि एग्रीमेन्ट साइन भइसकेको छ र रेगुलेटरी एप्रभलपछि मार्च २०२३ सम्म यो डिल सम्पन्न हुने छ । जर्मनीको यो कम्पनीले सन् २००३ मा भारतमा आफ्नो कार्य सुरु गरेको थियो र कैस–एन्ड–क्यारी बिजनेस फर्मेट पेश गर्यो।
प्राइम लोकेशनको स्टोरमा पहुँच
यो डिलसँगै रिलायंस रिटेललाई दिल्ली, मुम्बई, बेंगलुरु, हैदराबाद, कोलकाता, अमृतसर, अहमदाबाद, सूरत, इंदौर, मेरठ, लखनऊ, नासिक, विशापट्टनम, गुंटूर, विजयवाड़ा, तुमकुरु, गाजियाबाद र हुबली मेट्रोको प्राइम लोकेशनका स्टोरहरु उपलब्ध हुनेछ । रिलायंस रिटेललाई रजिष्टर्ड किराना स्टोर, संस्थागत ग्राहक र एक मजबूत सप्लायर नेटवर्कको ठूलो आधार पनि प्राप्त हुनेछ ।
कम्पनीको ३१ वटा लार्ज फर्मेट स्टोर
आरआरभीएललाई मेट्रो होरेक्या (होटल, रेष्टुँरा र क्याटरिङ) ग्राहकहरुकोे नेटवर्कसम्म पहुँच हुनेछ। यो इन्टरनेसनल फूड होलसेलरकोे देशका २१ शहरमा लगभग ३५ सय कामदारसँगै ३१ वटा लार्ज फर्मेट स्टोरहरु पनि छनु । सन् २०२२ मा मेट्रो इन्डियाले २९.८ मिलियन युरोको व्यापार गरेको थियो । यो डिलबाट रिलायन्स रिटेललाई फिजिकल स्टोरलाई अझै मजबुत बनाउनेछ ।
लघु व्यवसायलाई सहयोग
रिलायंस रिटेल वेन्चर्सको डायरेक्टर ईशा अंबानीले भने, ’मेट्रो इन्डिया भारतीय बी२बी बजारमा अग्रणी र प्रमुख खेलाडी हो र यो मजबुत ग्राहक अनुभव प्रदान गर्नका लागि एक ठोस मल्टी–चैनल प्लेटफर्म बनाइएको छ । हाम्रो भारतीय व्यापारी÷किराना इको–सिस्टमको गहिरो बुझाई र मेट्रो इन्डियाको स्वस्थ सम्पत्तिका कारण भारतमा साना व्यवसायहरूलाई फस्टाउन मद्दत गर्नेछ।’






