राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार करिब २८ प्रतिशत वयस्कले सेयरमा लगानी गरेका छन्।
राष्ट्र बैंकले प्रतिवेदन अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल नौ हजार तीन सय ६१ नेपाली नागरिकको छनोट गरेको थियो।
वित्तीय साक्षरतासम्बन्धमा राष्ट्र बैंकले नमूना सर्वेक्षण गरेको हो।
प्रतिवेदन अनुसार नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत छ।
राष्ट्र बैंकले वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिको आधारमा सर्वेक्षणमा सहभागीहरूलाई अंक प्रदान गरेको छ।






