दुई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ०.०१ अंकले घटेर एक हजार ८ सय ६७ दशमलब २१ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२०५.८० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७१४.६० रुपैयाँ पुगेको हो ।   

Read More
  • EBL Ad news