काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ४ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा रहेको छ । कम्पनीको औषधिीकारखाना ललितपुरको महालक्ष्मी नगरपालिका लुभूमा छ । नेपालका औषधि तथा औषधिजन्य सामाग्रीहरूको कारोबारमा लामो समय संलग्न व्यक्तिहरू तथा अन्य विभिन्न क्षेत्रका विज्ञहरूद्वारा प्रवद्र्धित उक्त कम्पनी वि.सं.२०७० सालमा प्रालिका रूपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो ।






