काठमाडौं : शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुस ६ गते) कार्यालय समयसम्ममा १ हजार ६३१ जनाले ७३ लाख ७० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२६ गुणा बढी आवेदन हो ।
कम्पनीले आज (पुस ६ गते) देखि सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १०% अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।






