१० वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा तल ओर्लियो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१० वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा तल ओर्लियो

काठमाडौँ — लामो समयदेखि सेयर बजार घट्दा बुधबारसम्म १० वटा वाणिज्य बैंकको मूल्य प्रतिकित्ता २ सयभन्दा तल ओर्लिएको छ । बुधबारको कारोबारपछि ग्लोबल आईएमको मूल्य प्रतिकित्ता १९८.५०, सनराइजको १८०.३०, बैंक अफ काठमाण्डूको १९९ रुपैयाँमा झरेको छ ।

त्यस्तै कुमारीको १८२, प्रभुको १८६, सिटिजन्सको १७८, सेन्चुरी कमर्सियलको १७७, मेगाको १९०.४०, एनसीसीको १७८.५० र लक्ष्मी बैंकको मूल्य १९०.७० रुपैयाँ कायम भएको छ । सेयर मूल्य २ सयभन्दा तल झरेका सनराइज र लक्ष्मी बैंकले यो पटक कुनै पनि लाभांश नदिने घोषणा गरिसकेका छन् । गत वर्ष सनराइजले ७, लक्ष्मीले ११.५ प्रतिशत लाभांश दिएका थिए । तीबाहेक अन्य ८ बैंकले भने लाभांश घोषणा गरिसकेका छन् । अरु ८ बैंकले भने लाभांश दिएका छन् ।

Read More
  • EBL Ad news