कहाँ पुग्यो नेप्सेको पुनर्संरचनाको कुरा ? आइपीओ जारी गर्ने कि नगर्ने भन्ने बारेमा अझै टुङ्गो लागेन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कहाँ पुग्यो नेप्सेको पुनर्संरचनाको कुरा ? आइपीओ जारी गर्ने कि नगर्ने भन्ने बारेमा अझै टुङ्गो लागेन

काठमाडौं : विगत लामो समयदेखि नेप्सेको पुनर्संरचनाको कुराले चर्चा पाउँदै आएको छ । विगतका केही वर्षदेखि बजेटमा नै पुनर्संरचनाको कुराले प्राथमिकता पाएको छ । यसैबीच, वाह्य परामार्शदाताको अध्ययन समितिले अध्ययन गरेर नेप्से सञ्चालक समिति समक्ष अध्ययन प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा नेप्सेले सर्वसाधारणलाई ३०% आइपीओ जारी गर्नुपर्ने कुरा उल्लेख रहेको नप्सेका एक अधिकारीले बताए । 

 

उनले भने, ‘आइपीओ निष्कासन गर्ने या नगर्ने भन्ने बारेमा अहिले नै केही टुङ्गो लागेको छैन । छलफल मात्रै भएको हो ।’ ‘अध्ययन समितिलाई पुनर्संरचनाको लागि अरु के–के विकल्प हुन सक्छ, त्यो पनि पेश गर्न सञ्चालक समितिले भनेको छ’ उनले भने । अहिले नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष प्रस्ताव गरेको ६६% बोनस सेयरपछि नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको हो । चुक्ता पुँजी बढाउन आइपीओ निष्कासन गर्न अध्ययन समितिले सुझाव दिएको छ ।

Read More
  • EBL Ad news