राधी विद्युत कम्पनीको लाभांश घोषणा, साधारण सभा कहिले?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राधी विद्युत कम्पनीको लाभांश घोषणा, साधारण सभा कहिले?

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा समेत बोलाएको छ। 

कम्पनीले आफ्नै कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ भने आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

Read More
  • EBL Ad news