काठमाडौं : झर्दाझर्दा १८ सयको लाइनमा आएको नेप्से सूचकमा मंगलबार भने केही सकारात्मक माहोल देखिएको छ । यस दिन सूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा आएको छ । करिब ९३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बजार १८४९ विन्दुसम्म झरेपछि पुनः माथितिर लाग्ने कोशिस गर्दैछ । तथापि, अहिले नै बजारको गति र प्रवृत्ति अनुमान गरिहाल्न सक्ने अवस्था भने छैन ।
सेयर बजारका लागि आवश्यक पक्षहरुमा सुधार हुूँदै गर्दा नेप्से भने अहिले पनि तल्लो विन्दुमै रुमलिरहेको छ । लगानीकर्ताको कमजोर मनोविज्ञान र चर्को बैंक ब्याजदरका कारण बजारको गति शिथिल भएको हो । तथापि, भाउ निकै सस्तो भइसकेको र बजार १७ महिनादेखि वियरिस चक्रमा रहेकाले अब विस्तारै यसले आफ्नो गति परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।






