नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरू आन्दोलनमा उत्रिँदा कार्यालयको काम ठप्प भएको छ ।
कम्पनीका कर्मचारीहरू विरोधमा उत्रिँदा उच्च तहले भने बेवास्ता गरेको पाइएको छ । कम्पनीको प्रमुख कार्यालयबाट हुने काम प्रभावित बनेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।








