विश्वको दोश्रो सर्वाधिक धनी एलन मस्कले आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयर लगातार बेचिरहेका छन् । मस्कले तीन दिनमा नै टेस्लाको करिब २२ मिलियन शेयर बेचिसकेका छन् । जसको मूल्य करिब ३.६ बिलियन डलर रहेको छ ।
४४ बिलियन डलरमा ट्वीटर किनेका मस्कले आफ्नो व्यापार बचाउनकालागि टेस्लाको शेयर बिक्री गरेको बताएका थिए । टेस्लाको शेयर यस वर्ष ६० प्रतिशत भन्दा धेरैले घटिसकेको छ । यो वर्षकै सुरुवातमा शेयर ४०० डलरको हाराहारीमा थियो र अहिले करिब १५० डलर पुगेको छ ।
टेस्लाको सबैभन्दा ठुला शेयरधनी मस्क
शेयर बिक्री गरेपछि पनि कम्पनीको सबैभन्दा ठुलो शेयरधनी हुन् एलन मस्क । उनीसँग कम्पनीको सबैभन्दा धेरै १३.४ प्रतिशत हिस्सा रहेको छ । गत वर्ष कम्पनीको बजार मूल्य एक ट्रिलियन डलर थियो जुन घटेर ४९५ बिलियन डलरमा झरेको छ ।
रोयटर्सको एक रिपोर्ट अनुसार मस्कले एक वर्षमा अहिलेसम्म टेस्लाको ४० बिलियन डलरको शेयर बिक्री गरिसकेका छन् । एक वर्षमा नै मस्कले टेस्लाको ९ करोड ४२ लाख २ हजार ३२१ शेयर औसत प्रतिशेयर २४३.४६ डलरमा बेचेका हुन् ।
लगातार घट्दै छ एलन मस्कको नेटवर्थ
एलन मस्कको नेटवर्थमा पनि निरन्तर गिरावट देखिएको छ । अब मस्क विश्वका सर्वाधिक धनी कारोबार गर्ने व्यक्ति पनि रहेनन् । विश्वका सबैभन्दा धनाढ्यको उपाधि भरखर मात्र उनीबाट खोसिएको छ । कुनै समयसम्म मस्को नेटवर्थ ३४० बिलियन डलर थियो ।






