सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं : सानिमा बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ। 

आइतबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। 

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सभा सम्पन्न भएको थियो। 

सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल साधारण सभाबाट निर्वाचित भएका छन्। 

आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ। 

Read More
  • MBL - below news