साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार १४.४८ अंकले घटेको बजार आज २७.५४ अंकले घटेको हो।
आइतबार नेप्से १.४६ प्रतिशतले घटेर १८५५.०६ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ पुगेको छ।
यस दिन २५० वटा धितोपत्रको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ।






