बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६५ हजारभन्दा बढीको आवेदन रद्द


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६५ हजारभन्दा बढीको आवेदन रद्द

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ५८ हजार ४२१ जनाले १ करोड ४३ लाख ५१ हजार ८३० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये ६५ हजार ९२७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । 

Read More
  • EBL Ad news