शेयर धितोकर्जा दिन सक्ने अवस्थामा बैंक छैनन्,सरकारले खर्च नगरेसम्म तरलता सहज हुँदैनः हिमालयन बैंकका सिइओ राणासँगको अन्तरवार्ता


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर धितोकर्जा दिन सक्ने अवस्थामा बैंक छैनन्,सरकारले खर्च नगरेसम्म तरलता सहज हुँदैनः हिमालयन बैंकका सिइओ राणासँगको अन्तरवार्ता

नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाडिएपछि हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने अन्तिम तयारी गरिरहेका छन् । हिमालयन बैंक र सिभिल बैंकबीच १ः०.८१ स्वाप रेसियो अर्थात सिभिलको १०० कित्ता बराबर हिमालयनको ८१ कित्ता हुने गरी मर्जरमा जाने सम्झौता भएको छ । तर, रेसियोको अन्तिम निर्णय भने डिडिए रिपोर्ट अनुसार हुने भएको छ ।

यता, बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ । तरलताको अभावका कारण बैंकहरुले ऋण लगानी गर्न सकिरहेका छैनन् । त्यसैगरी कर्जाको ब्याजदर पनि अचाक्ली महंगो भयो भनेर उद्योगी व्यवसायीले आन्दोलन गर्दै आएका छन् । सहकारीहरुले पनि एकपछि अर्को गर्दै निक्षेपकर्ताको रकम भुक्तानी तिर्न नसकेर भागिरहेका छन् । समग्र वित्तीय संस्थाहरु रोगीको अवस्थामा छन् ।

बैंकमा तरलताको अभाव, उच्च ब्याजदर, सहकारी ढल्दै गएको अवस्था छ । यसले बैंक वित्तीय संस्था र समग्र वित्तीय अर्थतन्त्रलाई कस्तो असर पारिरहेको छ भन्ने बिषयमा केन्द्रीत रहेर मेरोलगानीका विष्णु बेल्वासेले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उनै राणासँग गरिएका कुराकानीको सम्पादित अंशः

बैंकको ब्याजदर पुसमा पनि यथावत राख्ने निर्णय नेपाल बैंकर्स संघले गरेको छ । ब्याजदर बैंकहरुले किन नघटाएका हुन् ?

ब्याजदरका बिषयमा केही दिन अघि नेपाल बैंकर्स एसोसिएसनमा छलफल भएको थियो । बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभा पनि ब्याजदरमा बिषयमा कुराकानी भएको थियो । नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि बोल्नु भएको थियो । राष्ट्र बैंकको अनुसन्धान विभागले पनि हाम्रो मुल्य बृद्धि १२ प्रतिशत तिर जाला कि भन्ने कुरा गरेको थियो । मुल्य बृद्धि बढ्ने भएपछि नियमनलाई अलि कडाइ गर्नुपर्छ भन्ने कुरा भएको थियो ।

Read More
  • EBL Ad news