सेयर बजारका बिग प्लेयरमाथि धितोपत्र बोर्डको एक्सन, प्रधान र न्यौपाने परे कारवाहीको कठघरामा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारका बिग प्लेयरमाथि धितोपत्र बोर्डको एक्सन, प्रधान र न्यौपाने परे कारवाहीको कठघरामा

काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने भएको छ । बोर्डले प्रधान र न्यौपानेले गरेको सेयर कारोबारका विषयमा अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनले दुवैलाई दोषी देखाएपछि सञ्चालक समितिले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाली पैसालाई बताए । 


धितोपत्र बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले दुबैलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको छ । ‘बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारबाही गर्ने सिफारिस भएको छ, दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ’ उनले भने ।

Read More
  • EBL Ad news