मुक्तिनाथ क्यापिटलले गर्यो सम्झना ल्याबोरेटोरीसँग विशेष छुटको सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ क्यापिटलले गर्यो सम्झना ल्याबोरेटोरीसँग विशेष छुटको सम्झौता

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रा. लि. बीच क्यापिटलका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी प्रा लि.ललितपुरका तर्फबाट संचालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरुले उक्त क्लिनिकबाट सेवा सुविधा शुल्कमा १०% देखी ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । विषेश गरी यदी कोहि खातावालाहरु रातो कार्ड होल्डर सदस्य (जेष्ठ नागरिक, एकल महिला र अपाङ्ग नागरिकहरु), क्यान्सर तथा मृगौलाका विरामीहरु भएमा उक्त खातावालाहरुलाई ल्याब परिक्षण गर्दा ५०%, X-Ray, ECG, USG, ECHO परिक्षण मा २५% र औषधिमा १२% छुट को व्यवस्था उपलब्ध गराईनेछ ।

Read More
  • MBL - below news