‘सेयर बजारमा सेन्टिमेन्टकै हाबी छ’


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘सेयर बजारमा सेन्टिमेन्टकै हाबी छ’

सेयर बजारमा गिरावट किन आउँछ ?

मुलुकको आर्थिक अवस्थाको प्रत्यक्ष असर सेयर बजारमा परेको छ। तरलता अभाव छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले तरलता सहज भएको देखिए पनि ब्याजदर उच्च छ। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्दा उचित प्रतिफल पाउने/नपाउने शंका छ। राष्ट्र बैंकको क्याटिपल मार्केटमा ऋण नियन्त्रण गर्ने नीति छ। प्रोभिजिनिङ डेढ सय प्रतिशत गरिएको छ। त्यसले गर्दा सेयरमा असर पुगेको छ। अरू फाइनान्सियल इन्स्टिच्युच्टको नाफा घट्ने सम्भावना देखिन्छ। समग्र अर्थतन्त्रमा समस्या आएकाले पनि सेयर बजार प्रभावित भइरहेको छ। 

निर्वाचन परिणामले सेयर बजारमा प्रभाव पार्‍यो कि ? बजार सेन्टिमेन्टमै चल्नुले लगानीकर्तामा निराशा छाएको देखिन्छ नि ? 

निर्वाचनको परिणामले पनि सेयरबजारलाई प्रभावित गरेको भन्न सकिन्छ। हुन त दुईतिहाइको सरकार पनि टिक्न नसकेको अवस्थामा अहिले बहुमत कसैको आउँछ भन्ने यकिन थिएन। पुँजी बजारको विकास हुन लाग्दा पनि सरकार पनि पूरा चल्न सकेनन्। बहुदलपछि एउटा सरकारबाहेक अरू कसैले पनि पूरा समय काम गर्न सकेनन्। राजनीतिक स्थायित्व छैन, नेपालको चिनारी यही हो भन्ने कुरा बजारले बुझेको छ। ९÷९ महिनाको सरकार हुँदा पनि बजार चलेकै हो। फेरि पनि देशले राजनीतिक स्थायित्व पाउन सकेन। हंग प्यार्लियामेन्ट भयो। खुला अर्थतन्त्र विरोधी मान्छेहरू सत्तामा आउने चिन्ता बजारमा छ। 

Read More
  • EBL Ad news